
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठकमा नआउने बताएका छन् ।
स्थायी कमिटीको बैठक अगाडि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेटेका थिए । भेटमा प्रधानमन्त्री ओलीले बैठकको एजेण्डाबारे चासो राखेका थिए ।
प्रचण्डले पार्टीमा आएका प्रस्तावहरुमाथि छलफल गर्ने बताएपछि ओलीले नआउने जानकारी गराएका हुन् ।
ओली र प्रचण्डको भेट सकिएको छ । तर १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक सुरु भएको छैन ।
नेताहरु बालुवाटारमा छन् । अध्यक्ष प्रचण्ड पार्टीका महासचिव विष्णु पौडेलसँग परामर्श गरिरहेका छन् ।