उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीको उपाध्यक्ष र सचिबमा चुनाव हुने भएको छ ।
उपाध्यक्षमा टेकबहादुर लिम्बू (राजिब), खिलराज पराजुली (खगेन्द्र), दिपक आले मगर र रमा थापा नेपालले खुल्ला उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ । दुई उपाध्यक्षमा ४ जनाको दाबी परेपछि मतदान प्रक्रियाबाटै टुंयो लगाउने माओवादी उर्लाबारीको तयारी छ । १ जना सचिबका लागि पनि ४ जनाको उम्मेद्वारी परेको छ । सचिबमा पवन चौधरी, मिनप्रसाद दाहाल (मिलन), राजेन्द्र बास्तोला र बुलन पासवानको उम्मेद्वारी परेको छ । अन्तिम सहमतिको प्रयास भइरहेको र सो अवधिमा पनि कसैले उम्मे्वारी फिर्ता नलिए मतदान प्रक्रियाबाटै २ उपाध्यक्ष र १ सचिब निर्वाचित गरिने नगर सदस्य सरोज बस्नेतले जानकारी दिनुभयो । शनिबार निर्वाचन समितिले विहान १० बजेदेखि १०ः३० सम्म अन्तिम नामावली फिर्ताको समय तोकिएको छ भने विहान ११ बजेदेखि १२ बजेसम्म मतदानको समय तोकिएको छ । अध्यक्षसहित अन्य पदमा भने सर्वसम्मत भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय