उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित अरनिको हस्पिटलमा सिटी स्क्यान सेवा सञ्चालन गर्ने तरखर गरिरहेको छ ।
सोही क्रममा बिहीबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सिटी स्क्यान सेवा सञ्चालन स्थलको अवलोकन गर्नुभएको छ । प्रदेश प्रमुख खापुङ्गले हस्पिटलका सेवाका बारेमा समेत जानकारी दिनुभएको छ । हस्पिटलका अध्यक्ष लोलिम पोमुले प्रदेश प्रमुख खापुङ्गलाई हस्पिटलका बारेमा जानकारी गराउनुभएको छ । अध्यक्ष पोमुले भन्नुभयो–‘सिटी स्क्यान सेवाका लागि काम भइरहेको छ, चाँडै सेवा सुरु गर्ने तयारी छ ।’
ADVERTISEMENT