उर्लाबारी । सोनाम ल्होछार (नयाँ बर्ष) डूल ल्हो (सर्प बर्ष) को अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाइएको छ ।
विहीबार नेपाल तामाङ घेदुङ नगर समिति उर्लाबारीको आयोजनामा उर्लाबारी–५ स्थित बौद्ध गुम्बामा आयोजित सो कार्यक्रममा तामाङ समुदायका मानिसहरु आफ्नो संस्कृती र भेषभूषा झल्किने पहिरनमा उपस्थित भएका थिए । कार्यक्रममा तामाङ अगुवा तथा नेपाल बौद्ध गुम्बाका अध्यक्ष महेन्द्रजंग तामाङको प्रमुख आतिथ्यता तथा नगर अध्यक्ष राजकुमार योञ्जनको सभापतित्वमा सम्पन्न भएको थियो । गायिका छेसाङ तामाङ, मनु तामाङलगायतले गीत प्रस्तुत गरी मनोरञ्जन दिएका थिए । तामाङ नृत्यले पनि प्रस्तुत गरिएको थियो । कार्यक्रम सञ्चालन मनमाया तामाङले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय