उर्लाबारी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको स्थलगत निरीक्षण गर्नुभएको छ ।

बिहीबार पूर्व राष्ट्रपति भण्डारीले अस्पतालको निरीक्षण गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारीसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सांसद उमाकान्त गौतम, विद्या चाम्लिङ, होमबहादुर थापा, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, नेकपा एमालेका उपाध्यक्ष गुरुप्रसाद बराल, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालगायत एमाले नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । पूर्व राष्ट्रपति भण्डारीले अस्पताल तथा ट्रमा सेन्टरको निरीक्षणसहित केही बिरामीहरुको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी दिनुभएको एमाले उर्लाबारीका नगरअध्यक्ष गंगाप्रसाद बास्तोलाले जानकारी दिनुभयो । अस्पतालका तर्फबाट मेडिकल सुपरीटेण्डेन्ड डा. रविकुमार शाहले अस्पतालको बारेमा जानकारी गराउनुभएको थियो भने प्रदेश सांसद उमाकान्त गौतमलगायतले पनि विद्यमान अस्पतालको अवस्थाका बारेमा धारणा राख्नुभएको थियो । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकास र विस्तारमा सहयोग गर्ने बताउनुभयो । प्रदेश सरकारको मातहतमा रहेको उक्त अस्पताललाई १०० बेडको बनाउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय