झापा। बन्दका कारण मेची राजमार्गमा यातायात ठप्प बनेको छ ।

झापा बुद्धशान्ति –१ पुलचोकस्थित मेची राजमार्गमा पहिचानका लागि युवा दस्ताका केन्द्रीय सह कमाण्डर एवं पहिचानवादी मोर्चाका संघीय सदस्य एबीराज आङदम्बेको नेतृत्वमा पहिचानवादी मोर्चाको संघीय सदस्य शर्मिला आङदम्बे, प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिका झापा जिल्ला सह संयोजक राजा आङथुपो, एलभी कमान्डर करण शेर्पा, मुक्कुमलुङ संघर्ष समितिका झापा जिल्ला सह संयोजक पूर्ण सुहाङलगायत करिब २५ जनाको उपस्थितिमा सडकमा बसेर यातायात रोकिरहेका छन् । जसका कारण झापाबाट मेची राजमार्ग हुँदै इलाम, पाँचथर, ताप्लेजुङ चल्ने यातायातका सवारी साधनहरु ठप्प भएका छन् ।

काठमाडौंबाट आएका लामो दुरीका सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ गरी इलामतर्फ पठाएको छ । हालसम्म ५ वटा रात्रिबस, ३ वटा हायस गाडीलाई प्रहरीले स्कर्टिङ गरि इलामतर्फ लगेको जनाइएको छ । घोषित मेची राजमार्ग बन्दलाई सफल बनाउन आज बिहान मेची राजमार्गअन्तर्गत बुद्धशान्ति – ४ बर्ने र मेचीनगर – १२ पाथीभरा टोलमा बन्दकर्ताहरुले टायर बालेका थिए । त्यसलाई प्रहरीले निभाएको छ ।

पाथीभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै मुक्कुुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति , पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति , किरात याक्थुङ चुम्लुङ , थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले बन्द आह्वान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय