उर्लाबारी । प्रधानमन्त्री एबं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अचानक अध्यादेश ल्याएपछि नेकपाभित्रै खैलाबैला उत्पन्न भएको छ ।
एकलैटी तथा मनोमानी ढंगले ओली चलेपछि नेकपामा ठूलो संकट उत्पन्न हुन थालेको हो । मोरङका लोकप्रिय युवा नेता तथा मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले ओलीको कदमको कडा रुपमा विरोध जनाएका छन् । अध्यक्ष ओली एकपक्षीय ढंगमा बढेकाले ओलीबाट अब पार्टी एकताको रक्षा, विधि पद्धतिको पालना, पार्टीद्वारा सरकार संचालनजस्ता कार्यको अपेक्षा गर्न नसकिने उनको भनाई छ ।
एनले कोरोना संक्रमणका कारण जनताहरु कष्टकर जीवनयापन गर्न बाध्य भएको, हस्पिटलमा उपचार गरेर सर्वस्व सकिँदा पनि उपचार नभई लासका लागि पैसा तिर्न जनताहरु बाध्य भएको जस्ता दृष्टान्त पेस गरेका थिए । मंगलबार विराटनगरमा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेताहरुको सलग्नतामा युवा विधार्थीको भेलामा अन्य वक्ताभन्दा खरो र आक्रामक मन्तव्य दिएका लिम्बूले मन्तव्यको अन्तिममा नेकपा जिन्दावाद र केपी ओली मुर्दावाद भन्दै हलमा उपस्थित सबैलाई सहभागी गराएका थिए । सोही क्रममा भावनामा बगेर उनले सम्बोधनका क्रममा ओलीविरुद्ध नै मुर्दावादको नारा लगाएका थिए ।