उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीको दोस्रो अधिवेशनले पुनः गजेन्द्र दंगालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
शनिबार भएको अधिवेशनले पुनः अध्यक्षमा दंगाललाई सर्वसम्मत नेतृत्व चयन गरेको हो । त्यस्तै, महिला उपाध्यक्षमा निर्मला रसाईली, सह–सचिबमा कविराज धिमाल र कोषाध्यक्षमा इश्वरीप्रसाद पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै, खुल्ला दुई उपाध्यक्ष र सचिबमा भने निर्वाचन हुने भएको छ । दुई उपाध्यक्षका लागि खगेन्द्र पराजुली, राजिव लिम्बू, दिपक आले मगर र रमा थापाको उम्मेद्वारी परेको छ । सचिबमा पवन चौधरी, मिलन दाहाल, राजेन्द्र बास्तोला र बुलन पासवानको उम्मेद्वारी परेको छ ।
नगर सदस्यमा ४९ जना सर्वसम्मत चयन भएका छन् । ती सदस्यबाटै पदाधिकारी चयन गरिएको निर्वाचन संयोजक प्रेमप्रसाद घिमिरेले जानकारी दिनुभयो । पार्टीका केन्द्रीय महासचिब देव गुरुङले अधिवेशन उद्घाटन गर्नुभएको थियो भने पार्टीका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज कुशल लिम्बू, प्रदेश सचिब तथा पूर्वमन्त्री गणेश उप्रेती, केन्द्रीय सदस्य ममता राजवंशी, विशेन्द्र चेम्जोङलगायतको सहभागीता रहेको थियो ।
ADVERTISEMENT