उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ ।
उर्लाबारी–४ बरिष्ठ रिसोर्टमा शनिबार हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो । पार्टीका केन्द्रीय महासचिब देब गुरुङको प्रमुख आतिथ्यतामा हुने अधिवेशनमा केन्द्र तथा प्रदेशका नेताहरुको सहभागिता रहने नगरअध्यक्ष गजेन्द्र दंगालले जानकारी दिनुभयो । भब्य र सभ्य तरिकाले अधिवेशन सम्पन्न गराउने तयारी भइरहेको प्रचारप्रसार समितिका संयोजक तथा नगर सचिब पवन चौधरीले जानकारी दिनुभयो ।
ADVERTISEMENT