विराटनगर । ठगी आरोपमा पक्राउ परेका लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

आज मोरङ जिल्ला अदालतले पोखरेललाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको थियो ।

पोखरेल एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको खुलेपछि गत पुस २५ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय