उर्लाबारी । मोरङको मिक्लाजुङ–२ को चिलाउनेटार टोलबासी पुरै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मोरङको मिक्लाजुङ–२ मा बुधबार आयोजित एक कार्यक्रममा चिलाउनेटार टोल नै कांग्रेसमा प्रवेश गरेको हो । सुरेन्द्र राईको नेतृत्वमा ३१ जना कांग्रेसमा प्रवेश गरेको मिक्लाजुङ–२ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले जानकारी दिनुभयो । नेपाली कांग्रेस मोरङका सभापति तथा मोरङ क्षेत्र नं. १ का संघीय सांसद डिगबहादुर लिम्बू, महासमिति सदस्य ललित अधिकारी, मिक्लाजुङ वडा नं. २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण), पार्टीका जिल्ला सदस्य मानबहादुर श्रेष्ठ, मिक्लाजुङ कार्यवहाक सभापति खगेन्द्र मादेन, वडा सभापति जगत लिम्बू, प्रदेश (क) सदस्य मनोज सुवेदी, उत्तम खड्गीलगायतको सहभागिता रहेको थियो ।
वडाध्यक्ष श्रेष्ठ र पार्टीका वडासभापति जगत लिम्बूको पहलमा चिलाउने टारमा टोल नै कांग्रेसमा प्रवेश गरेको छ । प्रवेश गर्नेहरुमा सोममाया राई, सनिकुमार राई, डम्बरी राई, बसन्त राई, सिर्जना राई, मनकुमारी राई, अर्जुन राई, इन्द्र राई, कल्पना राई, अजबहादुर राई, सोममाया राई, विशाल राई, रमा राई, प्रदिप राई, विना श्रेष्ठ, मनोज राई, जीवन राई, संगीता राई, सुरेन्द्र राई, अनिता राई, सन्त राई, रुपा तामाङ, लाखबहादुर राई, यामकुमारी राई, बीरबहादुर राई, समिक्षा राई, लाखबहादुर राई, विष्णुकुमार राई, जितेन्द्र राई, शेरबहादुर राई र जानुका राई रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय