उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्न पार्टीका महासचिब देव गुरुङ आउने हुनुभएको छ ।
माघ १२ गते शनिबार उर्लाबारी–४ स्थित जयवशिष्ठ रिसोटमा हुने अधिवेशनको उद्घाटन गर्न महासचिब गुरुङ आउने हुनुभएको हो । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पार्टीका नगरसचिब पवन चौधरीले जानकारी दिनुभयो ।