काठमाडौं । सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिइएको छ ।
उनलाई म्याद थपका लागि हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएकोमा अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
यसअघि पनि उनीमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको थियो । पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा आशिका यही माघ २ गते स्वयम्भूबाट पक्राउ परेकी थिइन् ।