काठमाडौं। नेपाल क्रिकेट संघ क्या ले राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ ।

क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको हो। उनलाई एक हप्ताअघि नै कारबाही गरिएको भएपनि आज मात्रै सार्वजनिक भएको हो ।

म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार उनलाई कारबाही गरिएको हो। क्यानको आचारसंहिताको २.७ को उल्लङ्घन गरेको पाइएकाले तीन ‘डिमेरिट प्वाइन्ट’ सहित एक खेलमा प्रतिबन्ध लगाउने निर्णय गर्दै स्पष्टीकरण समेत सोधिएको छ ।

सन्दीपले नेपाली अम्पायरिङको क्षमतामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेका थिए । जय ट्रफी एलिट कपको दोस्रो दिनको खेलमा सन्दीप र अम्पायरबीच विवाद भएको थियो ।

अर्को टीमलाई फाइदा पुग्ने गरी अम्पायरले गलत समयमा खेल समाप्तिको निर्णय लिएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत लेखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय