दिपेन्द्रबहादुर बराईली

उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीको दोस्रो नगर अधिवेशनको सरगर्मी बढेको छ ।
माघ १२ गते हुने दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले पनि सरगर्मी बढेको हो । उर्लाबारी–४ स्थित जय बरिष्ठ रिसोर्टमा नेकपा (माओवादी केन्द्र) का महासचिब देव गुरुङको प्रमुख आतिथ्यतामा हुने अधिवेशनलाई भब्य र भब्य तरिकाले सम्पन्न गर्न तयारी तीब्र पारिएको पार्टीले जनाएको छ । अधिवेशन नजिकिँदै जाँदा नेतृत्वमा आउन आकांक्षा राख्नेको संख्या पनि बढिरहेको छ । नेतृत्वमा रहेर काम गर्न चाहने युवाहरु संख्या अधिक रहेको र पार्टीप्रति आकर्षण बढेको केन्द्रीय सदस्य एबं उर्लाबारीको निर्वाचन कमाण्डर विशेन्द्र चेम्जोङले बताउनुभयो । सबैलाई अटाउने गरी सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
अधिकांश नेता तथा कार्यकर्ताहरुले पुनः गजेन्द्र दंगाललाई दो¥याउन सुझाव दिएका छन् । दंगाललाई नै सर्वसम्मत अध्यक्ष बनाएर जानु पर्छ भन्ने पक्ष बलियो रहेको छ । ‘विगतमा नेतृत्व चयनको क्रममा निर्वाचनमा प्रक्रियामा जाँदा उर्लाबारीमा माओवादी कमजोर बन्न पु¥यो, जसले गर्दा एउटा टिम बाहिरिनु प¥यो, जसले गर्दा ठूलो क्षति भयो’ नगर सदस्य एबं प्रचारप्रसार विभागका सह–संयोजक सरोज बस्नेतले भन्नुभयो–‘नेतृत्वमा होडबाजी गर्ने भन्दा पनि सर्वसम्मत सबैलाई अटाएर जानु नै उत्तम उपाय हुनेछ ।’ पार्टीका जिम्मेवार नेताहरुले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्नु पर्ने उहाँको भनाई छ । दंगालसहित उपाध्यक्ष खगेन्द्र पराजुली, सचिब पवन चौधरी, यामलाल रसाईली, मिलन दाहाल, सममेर लिम्बू, इन्द्र लामालगायतले अध्यक्ष पदमा आकांक्षा राखेको बुझिएको छ । आकांक्षीमध्ये अधिकांशले भने पुनः दंगाललाई अध्यक्ष बनाउने विषयमा सहमत देखिएका छन् । अध्यक्षका आकांक्षीमध्ये केही उपाध्यक्ष, सचिबलगायतमा बसेर काम गर्न तयार देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय