सुन्दरहरैँचा। मोरङको सुन्दरहरैँचामा जङ्गली हात्तीले आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

हात्तीको आक्रमणबाट शुक्रबार राति सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय वृद्ध हरिप्रसाद घिमिरेको ज्यान गएको हो ।

विगत एक महिनादेखि सुन्दरहरैचाका उत्तरी क्षेत्रमा हात्तीले आतंक मच्चाइरहेका छन् ।

राति १ बजेतिर घरमा आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय