काठमाडौं । प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक आज (शुक्रबार) फेरि बस्ने भएको छ । यसअघि बुधबार छलफलमा जुटेका विपक्षी दलहरूले आज पनि त्यसैलाई निरन्तरता दिन लागेका हुन् ।

बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेताको कार्यालय संसद् भवन नयाँ बानेश्वरमा बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा संसदको विशेष आह्वानको मागसँगै सरकारको हालसम्मको अवधिको समीक्षा गरिने समेत बताइएको छ । बैठकपछि दिउँसो ३ बजे ल्होत्से हलमा संयुक्त पत्रकार सम्मेलन हुनेछ । बुधबार बसेको प्रतिपक्ष दलहरूको बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय