
उर्लाबारी । सामाजिक व्यक्तित्व विष्णु तामाङको जन्मदिनमा मोरङको उर्लाबारी–७ मा रहेको नमूना बाल गृहमा सहयोग गरिएको छ ।
उर्लाबारी–७ का तामाङको जन्मदिनमा उहाँसहित परिवारले बाल गृहमा सहयोग गरेको हो । तामाङले ५ बोरा चामल, आवश्यक सब्जीहरु बाल गृहलाई हस्तान्तरण गर्नुभएको छ । उहाँकी छोरी लक्ष्मी तामाङ र ज्वाई अमित भट्टराईले ६८ थान जुत्ता, मोजा, लुगा धुने साबुन १० काटुन, नुहाउने साबुन १ सय ४४ पिस, खसीको मासु २ केजी र कुखुराको १५ केजी हस्तान्तरण गर्नुभएको छ ।
त्यस्तै, निर्मला श्रेष्ठ र पप्पु श्रेष्ठले ५ बोरा चामल सहयोग गर्नुभएको छ भने अन्जु तामाङ अष्टे«लियाबाट ५ बोरा चामल सहयोग गर्नुभएको छ ।
बाल गृहकी अध्यक्ष मिनादेवी बरालले सहयोगीदाताप्रति धन्यवाद प्रकट गर्नुभयो । सहयोगीदाताकै भरमा बाल गृह सञ्चालन भइरहेको बताउँदै सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।