उर्लाबारी । मोरङको उर्लाबारी–३, मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सुरु भएको सीटी स्क्यान सेवाको उद्घाटन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले गर्नुभएको छ ।
सोमबार एक कार्यक्रमका बीच मन्त्री राईले सीटी स्क्यान सेवाको उद्घाटन गर्नुभएको हो । बिराटनगर बाहिर यो सेवा उपलब्ध गराउने यो पहिलो मदन भण्डारी अस्पताल बनेको छ । मन्त्री राईले स्वास्थ्य क्षेत्रको सुधारमा प्रदेश सरकार लागि परेको उल्लेख गर्दै आम जनतालाई बढीभन्दा बढी सेवा प्रदान गर्न प्रयासरत रहेको बताउनुभयो ।
कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वा, उमाकान्त गौतम, विद्या चाम्लिङ, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेललगायतले बोल्नुभएको थियो ।सीटी स्क्यान सेवा सञ्चालन भएसँगै उर्लाबारीसहित छिमेकी पालिकाका बिरामीले सहज र छिटो रोग पत्ता लगाउन सुविधा पाएका छन् । यसले विशेष गरी आकस्मिक सेवा र गम्भीर रोगहरूको उपचारमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले यसअघि पनि विभिन्न अत्याधुनिक उपकरण र सेवाहरू मार्फत बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । थप नयाँ सेवाले अस्पतालको सेवा स्तरलाई अझ उचाइमा पु¥याउने विश्वास गरिएको छ ।
ADVERTISEMENT