
उर्लाबारी । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले मोरङको उर्लाबारीका दुई स्थानमा भेटघाट कार्यक्रम गरेका छन् ।
आज विहान मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोको निवास र मंगलबारेमा छुटाछुट्टै भेटघाट कार्यक्रम गरिएको हो । फागो निवासमा भएको कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य शोभा पालुङ्वा, नेपाल
तरुण दल उर्लाबारीका सभापति रोहित कार्कीलगायत युवाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा देशको समसामयिक विषयमा विषय तथा कांग्रेसको भूमिकाका विषयमा छलफल भएको जनाइएको छ । त्यस्तै, मंगलबारेमा नेपाल महिला संघकी केन्द्रीय सदस्य सीता कार्की, भीम थापा, मुक्तिप्रकाश न्यौपानेको सहभागितामा छलफल र अन्तरक्रिया भएको थियो ।