उर्लाबारी । नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाको सभापतिमा पुनः भानुभक्त शर्मा पराजुली दोहिरिनुभएको छ ।
पराजुली दोस्रो कार्यकालका लागि दोहिरिनुभएको हो । उर्लाबारी नगरपालिका वडा नं. ५ का पूर्व वडाध्यक्षसमेत रहनुभएका पराजुली सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै, उपसभापतिमा भागिरथा अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले निर्मला चौहानलाई पराजित गर्नुभयो । अधिकारीले ६८ मत ल्याउनुभएको थियो भने उहाँकी प्रतिष्पर्धी चौहानले ८ मत मात्रै पाउनुभयो । त्यस्तै, सचिबमा सुभास भण्डारी, उपसचिबमा नेत्रप्रसाद आपागाई, उपकोषाध्यक्षमा यमलाल रसाईली, महिला सदस्यमा सिता कार्की, सदस्यहरुमा छत्रबहादुर कार्की, मनोज लुईटेल, शेरबहादुर भण्डारी र सचिन शाक्य सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै, कोषाध्यक्षमा द्रोणबहादुर अधिकारी निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष पदमा उहाँका प्रतिष्पर्धीहरु पूर्ण सुनुवारले २ र डा. हरिबाबु दाहाल १९ मत ल्याउनुभएको थियो । ८० मत खसेको थियो । निर्वाचन अधिकृत कुमार पोख्रेलले निर्वाचन सफल पार्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्दै उर्लाबारी रेडक्रसलाई नयाँ उचाईमा पु¥याउन निर्वाचित पदाधिकारी तथा सदस्यहरुले भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, सभापतिमा निर्वाचित पराजुलीले सबै पक्षसँग छलफल र सहकार्य गरेर उर्लाबारी रेडक्रसलाई अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा रेडक्रस मोरङकी सदस्य रुपा निरौलालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय