उर्लाबारी । नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उप–शाखाको उपसभापतिमा भागिरथा अधिकारी र कोषाध्यक्षमा द्रोण अधिकारी निर्वाचित हुनुभएको छ ।
आइतबार उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयमा भएको निर्वाचन कार्यक्रमबाट उहाँहरु निर्वाचित हुनुभएको हो । उपसभापतिमा निर्वाचित अधिकारी ६८ मत ल्याउनुभएको थियो भने उहाँकी प्रतिष्पर्धी निर्मला चौहानले ८ मत पाउनुभएको थियो । त्यस्तै, कोषाध्यक्षमा निर्वाचित अधिकारीले ५४ ल्याउनुभएको थियो । कोषाध्यक्ष पदमा उहाँकी प्रतिष्पर्धी पूर्ण सुनुवारले २ र डा. हरिबाबु दाहाल १९ मत ल्याउनुभएको थियो । ८० मत खसेको थियो ।
ADVERTISEMENT