धनकुटा । धनकुटाको पाख्रिबासमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास-हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को १ ज २६३९ नम्बरको पिकअप ३ वटा सुँगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा चालक पाख्रिबास ९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिरहाको लाहान ५ का २४ वर्षीय प्रमोद मल्लिक रहेका छन् ।

सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको र चालक तामाङलाई जिल्ला अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

दुर्घटनाग्रस्त पिकअप घटनास्थलमै रहेको छ । साथै ३ वटा सुँगुर जिवितै छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय