उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको सदस्यता नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघ र इसेवाको सहकार्यमा सदस्यता नविकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरूवात भएको हो । यो सँगै अब संघको सदस्यता नविकरणका लागि कार्यालय पुगिरहनु पर्ने झञ्झटबाट मुक्ति पाउने अध्यक्ष तारामान सिरेङले जानकारी दिनुभयो ।
इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाईलबाटै सदस्यता नविकरण गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको इसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिन्छ । आम उद्योगी तथा व्यवसायीहरुलाई सहज बनाउने उद्देश्य राखेर इसेवाबाटै सदस्यता नविकरणको सुरुवात गरिएको महासचिब सम्झना खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय