काठमाडौं। कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा नहुने भएका छन् ।
उनलाई सिधै काठमाडौं प्रहरीको जिम्मा लगाउने तयारी गरिएको हो । काठमाडौं पनि रविविरूद्व स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा मुद्दा दायर भएको छ । सहकारी ठगी मुद्दामा रविलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो ।
तर, उनी ‘छुटी जाने भएमा प्रहरीकै जिम्मा दिनु’ भन्ने मागबमोजिम अदालतले उनलाई प्रहरीकै जिम्मा दिन लागेको हो ।