उर्लाबारी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले प्रदेशको नामाकरणका विषयमा प्रष्ट पार्नु पर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन छलफलको क्रममा सोमबार उहाँले कोशी प्रदेश ठिक हो भने हो भनेर निश्कर्ष दिनुपर्ने पहिचान हो भने के हो प्रष्ट गर्नुपर्ने बताउनुभएको हो । उहाँले पहिचानको मुद्दालाई पार्टीले प्राथमिकताका साथ लगिरहेको र बैठकबाट थप सशक्त बनाउने प्रस्ताव गरिएकोले पहिचानको मुद्दाले सुदूरपूर्वमा माओवादीलाई कुनै नोक्सानी नभएको बताउनुभएको थियो । उहाँले भन्नुभयो ‘कोशी नामकरणबाट समस्या निम्तिएको छ अब यसको यथार्थ के हो त्यो बोल्नुपर्छ ।’
प्रतिवेदनमा छुटेका विषयहरुमा थप गर्न उहाँले सुझाव दिने क्रममा आगामी समाजवादी आन्दोलनको एउटा महत्वपूर्ण केन्द्र बन्ने सुदूरपूर्वलाई नजरअन्दाज गरेर आन्दोलन निष्कर्शमा नपुग्ने बताउनुभएको छ । बैठकमा उहाँले मोरङमा दुई वटा जिल्ला कमिटी सञ्चालन गर्दा पार्टी सबल ढंगले अगाडि बढ्न नसकेको भन्दै एउटै जिल्ला कमिटी बनाएर जानुपर्ने सुझाव पनि दिनुभयो । नेकपा माओवादी केन्द्रले महानगर कमिटीलाई पनि जिल्ला सरह मान्यता दिँदै आएको छ । त्यसले संगठनात्मक रुपमा समस्या भएको उहाँको भनाई छ । बैठकमा बोल्दै उहाँले उपराष्ट्रपतिको सम्मानपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका व्यक्तिलाई फेरि राजनीतिक जिम्मेवारीमा फर्काउँदा राम्रो नपर्ने भन्दै त्यस विषयमा पुनर्विचार गर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय