उर्लाबारी । सामाजिक तथा धार्मिक व्यक्तित्व खगेन्द्रप्रसाद न्यौपानेको परिवारले समवेदना व्यक्त गर्ने परम्परागत शैलीमा परिवर्तन गरी श्रद्धाञ्जली मात्रै व्यक्त गर्न आग्रह गरेको छ ।
लामो समवेदना पत्रसहित उपस्थित हुने विद्यमान शैलीका कारण पीडामाथि झन् पीडा हुने भन्दै न्यौपाने परिवारले समवदेनापत्र नल्याउन अनुरोध गरेको हो । न्यौपानेको ९२ वर्षको उमेरमा शनिबार मोरङको उर्लाबारी–५ स्थित निवासमा निधन भएको थियो । न्यौपानेको आइतबार उर्लाबारी–४ को बक्राहा घाटमा अन्तेष्टी गरिसकेको छ । न्यौपाने परिवारले आफूहरुमाथि परेको बज्रपात सहन गर्न कठिन भइरहेका बेला समवेदना पत्रसहित उपस्थित हुने र वाचन गर्ने शैलीले थप मर्माहत बनाउने जनाएको छ ।
खगेन्द्रप्रसादका छोरा विनोद न्यौपानेले सामाजिक सञ्जाल फेशबुकबाट समवेदना पत्र ग्रहण नगर्ने जानकारी गराउनुभएको छ । उहाँले लेख्नुभएको छ–‘हाम्रा पूजनीय पिता खगेन्द्रप्रसाद न्यौपानेको पूण्य तिथीको अवसरमा कुनै पनि समवेदना पत्र ग्रहण नगर्ने जानकारी गराउँछौं । यसबाट पर्न गएको असुविधालाई क्षमापार्थीभन्न चाहन्छौं ।’ कतिपय अवस्थामा समवेदना पत्र पढ्नासाथ परिवारजन भावविह्वल हुने गर्छन् । सीसाका फ्रेममा सजाएर ल्याइएका समवेदनापत्र राख्ने ठाउँ समेत अभाव हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय