
मोरङको मिक्लाजुङ गाउँपालिका–४ निवासी वसन्त तामाङको घरमा आगलागी हुँदा घरधनसहित सम्पूर्ण सामान जलेर नष्ट भएको छ।
आगलागीबाट विस्थापित तामाङ परिवारलाई मिक्लाजुङ गाउँपालिका र वडा कार्यालयले राहत सामग्री वितरण गरेका छन्।वडा अध्यक्ष विशाल राईका अनुसार पीडित परिवारलाई तत्काल ३५ हजार रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरिएको छ। राहत सामग्रीमा लत्ताकपडा, ग्यास चुलो, थाल, भाँडा, दाल, कुकर, कराई, तेल, नुन साबुन लगायतका अत्यावश्यक सामान समावेश गरिएको थियो।यसका साथै, नेपाल रेडक्रस सोसाइटीको टोलीले पनि पीडित परिवारलाई थप राहत उपलब्ध गराएको छ। रेडक्रस टोलीका अध्यक्ष डिबी मगरले पीडितलाई सहयोग उपलब्ध गराउन रेडक्रस सधैं तत्पर रहेको बताए।आगलागीको कारण अझै खुल्न सकेको छैन। यो घटनाले तामाङ परिवारलाई ठूलो आर्थिक क्षति पुर्याएको छ। यस आपतकालीन अवस्थामा गाउँपालिका, वडा र संघसंस्थाको सक्रिय सहयोगले तामाङ परिवारलाई अस्थायी राहत मिलेको छ।