उर्लाबारी, शुक्रबार साँझ उर्लाबारी चोकमा स्कुटर अनियन्त्रीत भई दुर्घटना हुदा चालकको मृत्यु भएको छ । साँझ करिव ५: ४५ बजे उर्लाबारी चोकस्थित ट्याक्सी स्टेण्ड छेउमा प्र१०२ -०४५ प २४६० नम्बरको स्कुटर स्टार्ट गर्ने क्रममा अनियन्त्रीत भई छेउमा थुपारिएको ईटामा ठोक्किएर दुर्घटना हुदा उर्लाबारी -५ झुम्राका अन्दाजी ४५ वर्षिय नगेन्द्र गुरुङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
प्रहरीकाअनुसार दुर्घटनामा परि अचेत भएका गुरुङलाई तत्काल उपचारको लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा लगिएको थियो । अरनिकोमा उनको उपचार सम्भव नभएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । न्युरोमा उपचारकै क्रममा उनको राती करिव ७:३५ बजे मृत्यु भएको परिवारले जनाएको छ ।
दुर्घटनाबाट कुनै बाहिरी चोट नदेखिएका गुरुङको भित्री चोट लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय