
काठमाडौं, नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका काम चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।
शुक्रबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले कार्यतालिका बनाएरै चैतभित्र क्रियाशील सदस्यता नवीकरण सक्न मातहत निकायहरूलाई निर्देशन दिने निर्णय गरेको हो।
यस्तै नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अबलम्बन गर्न जातजाति, जनसंख्या, लिङ्ग, पार्टीले प्राप्त गरेको मतको प्रतिशत सन्तुलन हुने गरी प्राविधिक र विज्ञहरूको सहयोगमा समितिले अध्ययन गरी आवश्यक निर्णय लिने भएको छ।