मोरङ,निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मोरङको अध्यक्षमा उम्मेद्वारी दिनुभएका सुरेन्द्र सुवेदीको पक्षमा निजी विद्याय सञ्चालकको लहर देखिएको छ । भोलि पुस १९ गते हुने जिल्ला समितिको निर्वाचनका लागि अध्यक्षमा सुवेदीलाई जिल्लाका अधिकांश प्याव्सन आवद्ध विद्यालयले समर्थन जनाएका छन् ।
उर्लाबारी–३ स्थित सनसाइन बोर्डिङ स्कुलका संस्थापक÷प्रिन्सिपल सुवेदी हाल प्याव्सन मोरङका उपाध्यक्ष हुनुहुन्छ । प्याव्सन उर्लाबारीको पूर्वअध्यक्ष रहनुभएका उहाँले विभिन्न संघसंस्था तथा प्याव्सन मोरङको उपाध्यक्ष रहँदा गर्नुभएको कार्यशैलीबाट प्रभावित भई उहाँको पक्षमा निजी विद्यालय सञ्चालकहरु लागेको बताइएको छ ।
भोलि हुने निर्वाचनमा सुवेदी र जगतबहादुर बस्नेत प्यानल बनाएर चुनावी मैदानमा होमिनुभएको छ । बस्नेत हाल जिल्ला सचिव हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय