दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारीको दोस्रो नगरसम्मेलन माघ १२ गते हुने भएको छ ।
विहीबार नगर कमिटीका अध्यक्ष गजेन्द्र दंगालको अध्यक्ष तथा केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशीको प्रमुख आतिथ्यतामा बसेको पूर्ण बैठकले सो निर्णय गरेको हो । दोस्रो नगरसम्मेलन भब्यताका साथ सम्पन्न गर्नका लागि अध्यक्ष दंगालकै नेतृत्वमा मुल आयोजक समिति गठन भएको छ भने आर्थिक ब्यवस्थापन, प्रचारप्रसारलगायत आधा दर्जन उपसमितिसमेत गठन भएको छ । बैठकमा पार्टीका नेता तथा संविधानसभाका सदस्य नगेन्द्र धिमाल, मोरङ जिल्ला सह–इन्चार्ज प्रेम मिभक, जिल्ला सदस्य दिनेश फ्याल, पदम राईलगायतको बोल्नुभएको थियो । बैठकमा सहभागी पदाधिकारी तथा सदस्यहरुसमेतले धारणा राख्नुभएको थियो । पार्टीलाई चलयमान बनाउँदै जनताका मुद्धामा जोडदार ढंगबाट उठाउन आवश्यक रहेको सहभागीहरुले धारणा राख्नुभएको प्रचारप्रसार समितिका सह–संयोजक सरोज बस्नेतले जानकारी दिनुभयो । बैठक सञ्चालन पार्टी सचिब पवन चौधरीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय