उर्लाबारी । मोरङको उर्लाबारी–८ का कमल लिङ्थेप अहिले हङकङमा हुनुहुन्छ । लामो समयदेखि हङकङमा कार्यरत रहनुभएका लिङ्थेप विदेशी भूमीमा रहेपनि सधैं आफ्नो ठाउँ र देशका लागि सोचिरहनुभएको छ ।
बाध्यताका कारण विदेशीनु भएका लिङ्थेप हङकङमा रहेपनि उहाँको मन सधैं नेपालमै रहेको छ । गाउँ ठाउँमा कोही विरामी होस् वा आर्थिक समस्याको खबर पाउन साथ सहयोगका लागि तत्पर रहँदै आउनुभएको छ । सामुदायिक विद्यालयको विकास होस् वा कोही बिरामीको खबर थाहा पाएसम्म उहाँले सहयोग नपठाएको बिरलै होला । हालसम्म उहाँले ५० लाखभन्दा बढी सहयोग नेपालमा पठाइसक्नुभएको छ ।
आफ्नो केही सहयोगले अरुको अरुको पीर, मर्का र समस्या हल गर्न सधैं तत्पर रहनुहुन्छ, लिङ्थेप । गरीब तथा विपन्न वर्गका व्यक्तिहरुको पीर, मर्का र समस्यालाई आफ्नै ठानेर सहयोगी भावना राख्ने उहाँ सामाजिक कार्यहरुमा सदैव अग्रसर रहँदै आउनुभएको छ । सामाजिक कार्य गर्दा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज र राष्ट्रको हितमा लाग्नु पर्ने उहाँको भनाई छ । लिङ्थेपले आफ्नै गाउँमा रहेको शान्ति आधारभूत विद्यालयको सुधारमा निरन्तर आर्थिक सहयोग गरिरहनुभएको छ । उर्लाबारी–८ मा रहेको सो विद्यालयको गुणस्तर सुधारमा ठूलो योगदान गर्दै आउनुभएको छ ।
आर्थिक रुपमा विपन्न विद्यार्थीहरु अध्ययन गर्ने सो विद्यालयमा आउने विद्यार्थीहरुलाई गाडीको ब्यवस्था गर्ने होस् वा ब्याग, स्वीटर वितरण नै किन नहोस्, हरेक जसो काममा उहाँको साथ र सहयोग रहँदै आएको छ । उहाँले बुवा बेलबहादुर लिङ्थेप र आमा नरमाया लिङ्थेपको स्मृतिमा १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो । सो कोषलाई उहाँले ५ लाख रुपैयाँ पु¥याउने योजना बनाउनुभएको छ । उहाँ शान्ति क्षेत्र विद्यालयको पहिलो अक्षयकोषदाता हुनुहुन्छ । कार्यक्रम सञ्चालनका लागि पोडियम, गमला, रिङ, फेनलगायत सहयोग गरिसक्नुभएको छ भने विद्यार्थीहरुको प्रोत्साहनका लागि हुने कार्यक्रममा उहाँले आर्थिक सहयोगसमेत गरिरहनुभएको छ । लिङ्थेप विदेशमा रहेपनि गाउँमा रहेको विद्यालयलाई नमूना बनाउने कार्यमा अग्रमोर्चामा रहेर सहयोग गरिरहनुभएको छ । लिङ्थेपले युवा प्रतिभा प्रस्फुटन कोषमा २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गर्नुभएको छ भने विद्यार्थीहरुलाई स्वीटर, आर्थिक रुपले विपन्न बिरामीहरुको उपचार, सामाजिक सेवाका कामहरु लगायत धेरैमा उहाँले सकेको आर्थिक सहयोग गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय