रबिन्द्र बराल, रंगेली
मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा गत चैत्र ३ गते भएको आगलागी पिडितहरुकाे घर निर्माणकार्य अहिलेसम्म पनि सम्पन्न हुन सकेको छैन ।

घर निर्माणकार्यका लागि संघीय सरकारबाट ३ लाख ५५ हजार, प्रदेशबाट ३० प्रतिशत र स्थानीय स्तरबाट १५ प्रतिशत रकम तथा देश बिदेश बाट समेत उक्त परिवारकाे लागि सहयोग समेत रकम सङ्कलन बाट घर निर्माणकार्य सुरु भएता हाल सम्म ८० प्रतिशत मात्रैकाम सम्पन्न भएको र बाँकीकाम भने कछुवाकाे गतिमा भईरहेकाे छ । घर निर्माणकार्यका लागी हेमिडेन्स संस्था, लुथरन समाज लगायत अन्य संघसंस्थाको सहयोगमा दुई वटा कोठा एउटा किचन र टुवेल र शाैचालय सहित निर्माण कार्य भईरहेकाे र प्रति घर ६ लाख ५५ हजार रुपैयाँ बराबरकाे रकम बाट निर्माणकार्य सुरु भएको हाे । आगनि पिडित परिवारलाई असाेज महिना भित्रमा नयाँ घरमा प्रवेश गराउने रंगेली नगरपालिका मेयर दिलिप बगडियाले प्रतिबद्धता समेत गरेका थिए । तर हालसम्म पनि घरकाे काम सुस्त गतिमा भईरहेकाे र जाडाे याममा एउटा परिरवारका सदस्य हरु एउटा खाटमा दुई जना सुत्ने र अरु चिसाे भुईमा सुत्न बाध्य रहेको अन्निपिडित सुक्देव मुर्मुले बताए । सहयोगी दाता हरुले ओड्ने ओछ्याउने दिएता पनि प्रदेश सरकार र स्थानीय सरकारले हामी हरुकाे घर निर्माणकार्य चाडै सकिदिन आग्रह समेत गरेका छन ।
अहिले उक्त स्थानमा २२ घर निर्माणकार्य भईरहेकाे र अधिकान्सकाे घरकाे छानाेकाे काम सम्पन्न भएता पनि ,शाैचालय र भान्साकाेठाकाे काम भने हुन बाँकीनै रहेको छ । पिडितका अनुसार अहिले सात दिनमा एकदिन मात्रै काम गर्ने ठेक्केदार आउने गरेको र बाँकी दिनमा कहिले निर्माण सामाग्री नभएको भन्दै काममा नआउने गरेको समेत उनिहरुले बताए । साे परिवारका महिला हरुलाई बिषशे गरेर शाैचालय र नुहाउन समस्या पर्ने गरेको र शाैचालयमा पालाे पर्खिनुपर्ने र शाैचालयकाे ढाेका समेत राम्रो नभएको हुनाले समस्या पर्ने गरेको र नुहाउन समेत समस्या परेकाे रैमती मुर्मुले बताईन । अग्निपिडितकाे घर निर्माणकार्य धमाधम भईरहेकाेर अबकाे केही साता भित्र सम्पुर्ण घरकाे काम सम्पन्न हुने र उनिहरुलाई घर हस्तान्तरण गरिने रंगेली नगरपालिका प्रशाशकिय अधिकृत ओमकार न्याैपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय