इटहरी । राप्रपाले भ्रष्टाचारविरुद्ध शनिबार सुनसरीको इटहरीमा विरोधसभा गरेको छ ।
सभामा कोशी प्रदेशका नेता तथा कार्यकर्ताहरुको उल्लेखिय सहभागिता रहेको थियो ।
भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, छानबिन गर्न दबाब दिनका लागि विरोसभाको आयोजना गरिएको पार्टीका कोशी प्रदेशका कोषाध्यक्ष पूर्ण वाइबाले जानकारी दिनुभयो । प्रदेश संरचना खारेजी, अधिकार सम्पन्न स्थानीय स्वायत्त शासन, राजसंस्था पुनस्र्थापना र हिन्दु राष्ट्रको मागलाई विरोधसभामा उठाइएको छ । त्यसैगरी सहकारीपीडितको रकम फिर्ता, भ्रष्टाचारीमाथि कारबाही, शिक्षा–स्वास्थ्य–रोजगारीमा समान पहुँच र भूमिहीन समस्या समाधान जस्ता विषयहरू पनि विरोधसभाको एजेण्डाका रुपमा वक्ताहरुले प्रस्तुत गर्नुभएको थियो ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्था बदल्न व्यवस्था बदल्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष लिङ्देनले काँग्रेस–एमालेले विगतमा गरेका भ्रष्टाचारको सजाय ढाकछोप गर्न गठबन्धन गरेको आरोप लगाउनुभयो । त्यस्तै, राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारले प्रजातन्त्रको नाममा प्रजातन्त्र नै मास्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले यो व्यवस्थाले जनतामा निराशा मात्र दिएको बताउनुभयो । महामन्त्री प्रल्हाद शाहले राप्रपाको विरोध पूर्वदेखि पश्चिमसम्म फैलिने बताउनुभयो ।
त्यस्तै, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले सबै जनताको मतबाट निर्वाचित प्रतिनिधिले मात्र देशलाई न्याय गर्न सक्ने बताउनुभयो । उहाँले देश जर्जर बन्दै गएको, भ्रष्टाचार मैलाएको, युवाहरू पलायन भएकोलगायतमा सरकारको कडा आलोचना गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय