सिजुवा । मोरङको रतुवामाईमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छ । पछिल्लो समय विभिन्न पार्टी छोड्दै माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको हो ।
नेकपा माओवादीका नेता तथा मोरङ क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य गणेश उप्रेती (सुशिल) ले आफ्नो क्षेत्रको विकासमा ठूलो बजेट भित्र्याएपछि माओवादीको पक्षमा माहोल बढेको छ । उप्रेती भौतिक पूर्वाधार मन्त्री हुँदा ठूलो बजेट मोरङ क्षेत्र नं. २ मा भित्रिएको छ । अन्य पार्टीका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरुसमेतले सांसद उप्रेतीको प्रशंसा गर्ने गरेका छन् । हरेक वडामा प्रदेश सरकारबाट करोडौं बजेट सांसद उप्रेतीले भित्र्याउनुभएको छ ।
शनिबार रतुवामाई–९ मा विभिन्न पार्टी परित्याग गरि गोपाल थापाको नेतृत्वमा ३८ जना माओवादी केन्द्रमा प्रवेश गरेको कार्यालय सचिब वविन भण्डारीले जानकारी दिनुभयो । पूर्वमन्त्री तथा सांसद उप्रेतीले नवप्रबेसीहरुलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय