पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

उनको जिल्ला अदालत कास्कीमा बयान सकिएको हो । बुधबारदेखि न्यायाधीस नीतिज राईको इजलासमा उनको बयान भएको थियो ।

लामिछानेसँगै छविलाल जोशी र लिला पछाईँको बयान पनि यसअघि नै सकिइसकेको छ । सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

थुनछेक बहसपछि अदालतले थुनामै राख्ने वा थुनामुक्त गरेर अनुसन्धान गर्ने आदेश गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय