
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान जारी छ । उनको बयान हिजोदेखि सुरू भएको हो ।
न्यायाधीस नीतिज राईको इजलासमा जारी बयानमा उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । उनले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको र जीवी राई सम्पूर्ण ठगीमा संलग्न रहेको उनको भनाइ छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलाइएको छ।