काठमाडौं,कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्।

भुसाललाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

‘थप अनुसन्धानका लागि भुसाललाई पोखरा पठाउँछौं,’ एसएसपी भट्टराईले भने।

यसअघि भुसालले लामिछानेको फोटो आफूले प्रहरीकै सिसिटिभीमा खिचेको स्वीकार गरेका थिए। गत शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले फोटो खिचेको भुसालले बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय