दमक । झापाको दमक–६ बसपार्कस्थित मिलन होटल एण्ड लजमा आज बिहान मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।
मृतक सिन्धुली दुधौली नगरपालिका १० बस्ने ३३ वर्षीय इन्द्रबहादुर सुनुवार भएको खुलेको हो । बुधबार राति सो लजमा आएर बसेका उनको सुतिरहेकै ठाउँमा बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । मोरङ मिक्लाजुङ गाउँपालिका–२ बस्ने २७ वर्षीया एक तामाङ थरकी महिलासँग खाना खाई रातिसँगै बसेको बिहान ६ः३० बजे सुनुवार भने मृत अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय