काठमाडौं । विज्ञानको क्षेत्रमा धेरै सफलता हासिल गरे पनि धेरै ठूला रोगको उपचार सम्भव छैन् । क्यान्सरलाई अझै निको नहुने रोग मानिन्छ । तर, रुसले क्यान्सरविरुद्धको खोप बनाउन सफल भएको दाबी गरिएको छ ।

रुसको स्वास्थ्य मन्त्रालयले मंगलबार यो दाबी गरेको हो ।

रुसी समाचार एजेन्सी टासका अनुसार यो खोप सन् २०२५ देखि रुसी जनतालाई निःशुल्क दिइनेछ ।

हरेक वर्ष क्यान्सरले संसारमा लाखौं मानिसहरूको ज्यान लिन्छ । यस्तो अवस्थामा रुसको यो क्यान्सर भ्याक्सिनलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको सुरुमा भनेका थिए कि हामी भ्याक्सिन र यसको औषधि बनाउने धेरै नजिक पुगेका छौँ ।

रुसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले रुसले क्यान्सर विरुद्धको आफ्नै एमआरएनए खोप विकास गरेको बताए । क्लिनिकल परीक्षणपछि यो पत्ता लागेको छ कि क्यान्सर खोपले ट्युमरलाई विकास हुनबाट रोक्न मद्दत गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय