उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघले आगामी फागुनमा महोत्सव गर्ने भएको छ ।
उर्लाबारी कृषी तथा औद्योगिक महोत्सव २०८१ आयोजना गर्ने भएको हो । संघका पूर्व अध्यक्ष तथा सल्लाहकार चन्द्रबहादुर भट्टराई (भरत) को संयोजकत्वमा ९ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । समितिको उपसंयोजकमा निवर्तमान अध्यक्ष शेरबहादुर भण्डारी, सचिवमा सम्झना खतिवडा आचार्य, सह–सचिवमा हेमराज गुरुङ, कोषाध्यक्षमा विकास बुढाथोकी तथा सदस्यहरुमा ज्ञानकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, बिक्रम चापा“गाई र चन्द्रकला खड्का रहनुभएको छ । संघका अध्यक्ष तारामान लिम्बुले उद्योग व्यवसायको प्रर्वद्धन सगै“ आर्थिक क्षेत्रलाई चलयमान बनाउने उद्देश्यले गर्ने आगामी फागुन महिनामा महोत्सव आयोजना गर्ने तयारी भईरहेको बताउँदै महोत्सव गर्ने बिषयमा नगरपालिका, संघका पूर्वअध्यक्ष, राजनितीक दलहरुसँ छलफल गरिरहेको बताउनुभयो । आयोजक समितिमा मनोनय गर्ने, सल्लाहकार तथा विभिन्न विभागीय समितिहरु गठन गर्ने तयारी भइरहेको उहाँको भनाई छ ।
ADVERTISEMENT