विराटनगर, झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले बुद्धशान्ती गाउँपालिका-२ का २१ बर्षीय प्रजित तामाङलाई २ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा रंगेली-५ का २७ बर्षीय धिरज कुमार झालाई १० ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित र रंगेली-५ का २१ वर्षिय संजय कुमार मण्डललाई निषेधित औषधी TRAMADOL ५ हजार ३ सय क्याप्सुल, SPASPAIN २ हजार ट्याबलेट, DIYSE- १३ हजार ६ सय ट्याबलेट सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले निषेधित औषधी TRAMADOL-१८८ ट्याव्लेट र SPASPAIN-१८८ ट्याव्लेट सहित उदयपुर चौडन्दि नगरपालिका- ४ का ३२ बर्षीय नरजित राईलाई नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी हलगडा र ट्राफिक प्रहरी पोष्ट हलगडा सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पुष १ गते राती ८ बजे चेकजाँचको क्रममा इटहरी उप-हानगरपालिका-४ स्थितमा BR01BU4280 नम्बरको कारको डिक्की भित्र १८ वटा पोकामा ३६ किलो ८ सय ५० ग्राम गाँजा बरामद भएकोमा उक्त गाँजा र गाडीलाई नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका मानिस र सवारी साधनको वारेमा थप अनुसन्धान भईरहेको छ ।
ADVERTISEMENT