पोखरा । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
आज कास्की जिल्ला अदालतले आठौं पटक म्याद थप गर्दै लामिछानेलाई चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।