
रबिन्द्र बराल,रंगेली
मोरङको रंगेली नगरपालिकामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण कार्य सुरु भएको छ । रंगेली–८ स्थित दर्वेशामा एक कार्यक्रमकाे आयोजना गर्दे भवन निर्माणकार्यका लागि शिलान्यास गरिएको छ ।
अत्यावश्यक केन्द्रले धनपालथान, कानेपोखरी गाउँपालिका, रंगेली र सुनवर्षी नगरपालिका क्षेत्रलाई लक्षित गर्दे विपद व्यवस्थापनका लागि एकिकृत रुपमा स्थापना भई सञ्चालन गरिने भएको छ। उक्त कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झा ठाकुुर, रंगेली नगरपालिकाका नगरप्रमुख दलिप बगडीया, सुनवर्षीे नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद राजवंशी, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार, कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नाम , बडा अध्यक्ष टंक आचार्य , ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक सन्ताेष कुमार खड्का , स्थानीय , बुद्धिजीवी लगायतकाे समेत उपस्थिति रहेको थियोे । सो अबसरमा उपमेयर भुमा पराजुलीले रंगेली नगरपालिकालाई केन्द्र बनाई चारै पालिकाका जानतालाई सेवा दिइने उद्देश्यले निर्माण भइरहेको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रकाे शिलान्यास गर्न पाउँदा आफू समेत खुशी भएकाे र मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणका लागि करिब १ वर्ष अघि कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेर त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको उनलेे बताईन । रंगेली नगरपालिकाले २०७९ साल असार ६ गतेनै सो अत्यावश्यक सेवा केन्द्र निर्माण गर्न निःशुल्क जग्गा प्राप्तीका लागि १५ दिने सार्बजनिक सुचना प्रकाशित गरेको थियो । रंगेली नगरपालिकाले दुई लाख २५ हजार रुपैयाँ कठ्ठाको दरले दर्वेशामा १२ कठ्ठा जग्गा खरिद गरिएको थियो । सो अत्यावश्यक सेवा केन्द्रमा जनशक्ति, उपकरण र विपद व्यवस्थापनका लागि आवश्यक सवै स्रोत साधान उपलब्ध रहने छन् । प्रदेश सहयोग कार्यक्रम २ करोड, कोशी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयको ६ करोड २५ लाख २९ हजार र चारवटै पालिकाले १ करोड ८५ लाख रुपैयाँको लगानीमा निर्माण हुने भएको छ। सेवा केन्द्र १ वर्षभित्र सम्पन्न गर्ने ब्राइट बुल निर्माण सेवाले ठेक्का लिएको रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले बताए ।