मोरङ, मोरङको रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना महिलालाई पक्राउ गरिएको छ । मंसिर २५ गते रंगेली नगरपालिका-८ दर्वेशा कि ६५ बर्षीया ज्योति देवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको १ हजार र ५०० दरका नेपाली रुपैंया ४७ लाख ४९ हजार बरामद गरेको हो ।
उक्त रकम वरामद भए संगै घर धनी अग्रवाल समेतलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय