उर्लाबारी । आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको मोरङको उर्लाबारी–२ को प्रगतिशिल सिमसारलाई व्यवस्थित बनाउन पहल थालिएको छ ।
मंगलबार पूर्वोत्तर मोरङ पत्रकार समूहको आयोजनामा प्रगतिशिल सिमसार प्रवद्र्धन कार्यक्रम गरिएको हो । पर्यटकीय गन्तव्य बनाउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने भएकाले पूर्वोत्तर मोरङका पत्रकारहरुको सहभागीतामा प्रवद्र्धन कार्यक्रम गरिएको प्रगतिशिल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तारिलाल धिमाल (प्रवेश) ले बताउनुभयो । उहाँले प्रगतिशिल सिमसारलाई पर्यटकीय स्थल बनाउन पहल गरिरहेको उल्लेख गर्दै सबैको साथ र सहयोगमा पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तब्य गराउने जमर्को रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक अध्यक्ष मोहन भट्टराईले सामुदायिक वनहरुले पछिल्लो समय पर्यटन प्रबद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको र छोटो समयमा प्रगतिशिल सिमसारले ठूलो प्रगति गरेकोमा खुशी प्रकट गर्नुभयो ।
त्यस्तै, अग्रज पत्रकार हरिप्रसाद कोइरालाले सबै सिमसारहरुले एउटै ढंगका पर्यटकीय स्थल बनाउनु भन्दा पनि फरक ढंगले प्रस्तुत हुन आवश्यक रहेको बताउनुभयो । त्यस्तै, अग्रज पत्रकार केदार चौहानले पनि पर्यटन क्षेत्रको प्रचारप्रसारमा पत्रकारहरुको भूमिका अहम् हुने भन्दै आफ्नो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकासमा सबैले पहलकदमी लिनु पर्नेमा जोड दिनुभयो । पत्रकार सरोज बस्नेतको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन पत्रकार घनश्याम भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा पूर्वोत्तर मोरङका ४० भन्दा बढी सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय