उर्लाबारी । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सचिबमा धुब्र भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
समाजवादी प्रेस संगठन मोरङका अध्यक्ष भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको हो । भट्टराई विराटनगर कार्यक्षेत्रमा रही पत्रकारिता गर्दै आउनुभएको छ । प्रेस सेन्टरसहितको गठबन्धनबाट उम्मेद्वार बन्नुभएका भट्टराईसहित बाबुराम कार्कीको उम्मेद्वारी परेको थियो । कार्कीको हस्ताक्षर नभएको पाएपछि उम्मेद्वारी खारेज भएपछि भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ । कार्की प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट उम्मेद्वार बन्नुभएको थियो । त्यस्तै, कार्यसमिति सदस्यहरुमा अमृता विश्वकर्मा,बुद्धमाया सोङ्मी र बिनु चेम्जोङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
ADVERTISEMENT