
विराटनगर,झापा र सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते दिउँसो ३ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको मोरङ उर्लाबारी नगरपालिका-३ का ४० बर्षीय खेमराज सुवेदीलाई चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर ३ ग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय लौकही सुनसरीको प्रहरी टोलीले कोशी गाउँपालिका-१ बाट १ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित कोशी गाउँपालिका-३ का ५५ बर्षीय तेज नारायण साहलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।