
घनश्याम भण्डारी
उर्लाबारी / परम्परा र आफ्ना पुर्खाले सृजना गरेको सिपलाई ब्यवसायिक रूपमा परिणत गरेर मनग्गे आम्दानी गर्न सकिन्छ भने उदाहरण बनेका छ्न उर्लाबारी-६ का सुर्य बिक्रम याक्खा ।
४४ वर्षीय याक्खा ले २०६६ देखि नै घरेलु मदिरा बनाउन अनिवार्य प्रयोग गरिने मर्चाको उत्पादन र बिक्री गर्दै आएपनि २०७४ देखि भने सरकारी निकायमा ठुली माईली मर्चा उद्योगको रूपमा दर्ता गरि सञ्चालन गर्दै आएका छ्न । वैदेशिक रोजगारको लागी १० वर्ष साउदी अरब र ४ वर्ष कतार बसेपनी स्वदेश फर्किएर परम्परागत रूपमा घरेलु मदिरा रक्सी , तोङ्बा र जाँड बनाउन प्रयोग गरिने मर्चा को उत्पादन सुरु गरेदेखि उहाँलाई फुर्सद हुन छाडेको छ । उर्लाबारी -६ आत्मानन्द टोलमा १५ जनालाई प्रत्यक्ष रोजगार दिएर उत्पादित मर्चाले प्रदेशका अधिकांस ठाउँका बजारमा बिक्री गर्दै आएपनी हाल भने नियमित रूपमा चिनको तिब्बत , बर्मा ,भुटान र भारतको सिक्किम, दार्जिलिङ, आसाम लगाएतका प्रान्त बाट आउने माग धान्न नै मुस्किल परेको छ । दैनिक ७ बोरा चामलको खुदी ( कनिका ) को पिठो बनाएर घरेलु जडिबुटी को धुलो मिस्रण गरि बनाईने मर्चाको गुणस्तरमा ध्यान दिएकोले माग धान्न मुस्किल परिरहेको र ब्यवसाय बिस्तार गर्ने योजना बनाएको सञ्चालक याक्खाको भनाइ छ । अहिले वार्षिक करिब १ करोड बढीको कारोबार गरि ३० लाख आम्दानी गर्न सफलता मिलेको छ। आफ्नो उत्पादन लाई थप ब्यवस्थित र गुणस्तर लाई ध्यान दिदै बजार बिस्तार लाई आगामी योजनाको रूपमा अघिबढाएको याक्खा को योजना रहेकोे छ ।